कांग्रेसले गिरिको जीवनका मूल्य र दर्शनलाई जीवन्त राख्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वर्गीय प्रदीप गिरिको जीवनका मूल्य र दर्शनलाई जीवन्त राख्नुपर्ने कांग्रेसको दायित्व रहेको बताएका छन् ।  

उनले स्व.प्रदीप गिरिको नजिकको साथी शेरबहादुर देउवाले पार्टीको नेतृत्व गरिरहेका कांग्रेसले गिरिलाई कहिल्यै भुल्न नहुने बताएका हुन् ।

स्व. प्रदीप गिरिको १३ औं दिनको पुण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रदीप गिरिको जीवनमूल्य, जीवन दर्शनबाट प्रेरित भएका नयाँ पुस्तालाई तयार गर्न सके मात्रै उनीप्रति श्रद्धाञ्जलि हुने धारणा राखे ।

'नेपाली कांग्रेसले प्रदीप गिरिलाई यसरी सम्झिराख्न सक्यो, केवल वर्षमा एकपटक कुनै एउटा तिथि मितिमा मात्र होइन्, प्रदीप गिरिको जीवनमूल्य, जीवन दर्शनबाट सम्झिँदै गरेका नयाँ पुस्ताका साथीलाई हामीले तयार गरी राख्न सक्यौँ भने त्यो उहाँप्रतिको सबैभन्दा ठूलो श्रद्धाञ्जलि हुन्छ भन्ने ठान्छु' उनले भने । 

थापाले राजनीतिलाई जीवनसँग जोडन र सहरलाई गाउँसम्म जोड्न चाहाने गिरिको उद्देश्य रहेको बताए । उनले गिरिको नजरमा सबै मान्छेले भोट हाल्न पाउने त्यो प्रजातन्त्र नभएर भोट गनियो भने मात्रै त्यो प्रजातन्त्र हुने जिकिर गरे । 

सबै मानिसले बोल्न पाउँनु स्वतन्त्रता नभएर बोलीको अर्थ रहे मात्रै स्वतन्त्रता हुने गिरिको नजर रहेको बताउँदै त्यसलाई कसरी जोगाउन भन्ने मुख्य विषय रहेको उल्लेख गरे । 





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार १९:६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया