नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट सर्वसम्मत उम्मेदवारमा सिफारिस भएका छन्। प्रवक्ता डा. महतको नाम सर्वसम्मतिले उम्मेदवारमा सिफारिस भएको उनको सचिवालयले पुष्टि गरेको छ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले उनलाई काठमाडौं–५ बाटै सर्वसम्मत प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको हो।
सचिवालयका अनुसार क्षेत्रीय कार्यसमितिले वैकल्पिक उम्मेदवारका रुपमा क्षेत्रीय सभापति श्याम खड्काको नाम पठाएको छ।
सो क्षेत्रमा यसअघि महतलाई हराउँदै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल विजयी भएका थिए । यसपटक पनि एमाले क्षेत्रीय कमिटीले पोखरेलको नाम सर्वसम्मत रुपमा बुधबार जिल्ला कमिटीलाई सिफारिस गरेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।