इगा स्विटेक युएस ओपनकाे तेस्रो चरणमा

विश्व नम्बर एक इगा स्विटेक युएस ओपन टेनिस प्रतियाेगिताकाे महिलातर्फ तेस्रो  चरणमा प्रवेश गरेकी छन् । पाेल्याण्डकी स्विटेक गएराति सम्पन्न दोस्रो चरण अन्तर्गतकाे खेलमा अमेरिकाकी सलाेनी स्टेफन्सलाई २-० काे साेझाे सेटमा पाराजित गर्दै तेस्रो चरण प्रवेश गरेकी हुन् ।

आर्थर एस स्टेडियममा स्विटेकले खेल ६-३ र ६-२ ले आफ्नो पक्षमा पारिन् । अब उनले तेस्रो चरणमा अमेरिकाकै लरेन डेभिसकाे सामना गर्नेछिन् ।

डेभिसले रसियन खेलाडी एक्याट्रिना अलेक्जान्ड्रोभालाई ०-६, ६-४, ७-६(१०-५) ले पराजित गर्दै तेस्रो  चरणमा स्थान सुरक्षित गरिन् । त्यस्तै, पुरुषतर्फका विश्व नम्बर एक डानिल मेदभेदेव पनि तेस्रो चरणमा प्रवेश गरेका छन् ।

रसियाका मेदभेदेव गएराति फ्रेन्च खेलाडी आर्थर रिन्डरकेन्चलाई ३-० काे साेझाे सेटमा पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेका हुन् । आर्थर एस स्टेडियममा मेदभेदेवले खेल ६-२,७-६ र ६-३ ले आफ्नो पक्षमा पारे ।

उनले तेस्रो चरणमा चाइनिज  खेलाडी वु इविङ्गकाे सामना गर्नेछ  । इविङ्ग पाेर्चुगलका नुनो बोर्जेसलाई ६-७ (३-७), ७-६ (७-४), ४-६, ६-४ र ६-४ ले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेका हुन् ।





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार ७:५८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया