गोर्बाचेभको अन्तेष्टिमा पुटिन सहभागी नहुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टिमा सहभागी नहुने क्रेमलिनले पुष्टि गरेको छ । पुटिनको कार्य तालिकाले उनलाई शनिबारको कार्यक्रममा उपस्थित हुन अनुमति नदिने प्रवक्ता दिमित्री पेस्कोभले बताए । 

पुटिनले गोर्बाचोभलाई मस्कोको अस्पतालमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । गोर्बाचेभको मंगलबार ९१ वर्षको उमेरमा निधन भएको थियो । गोर्बाचोभका सुधारका कार्यले शीतयुद्धको अन्त्य गरे पनि सोभियत युनियन विघटन गरेको थियो, जसका कारण पुटिन क्रुद्ध छन् । 

सन् २००५ मा पुटिनले सोभियत संघको विघटन २०औँ शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक प्रकोप बताएका थिए । पश्चिमा देशका वाहवाह बनेका गोर्बाचेभ स्वदेशभित्र भने खलनायक साबित भएका थिए । सोभियत संघको विघटनपछि कतिपय रुसीले उनलाई घृणा गर्थे । 





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार ८:२०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया