इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ । उसले घरेलु टोली लेस्टर सिटीविरुद्ध १–० को कठिन जित हात पारेको हो ।
किंग पावर स्टेडियममा खेलको २३ औं मिनेटमा जाडोन साञ्चोले गरेको एक मात्र गोल युनाइटेडको जितमा निर्णायक बन्यो ।
उनले मार्कस रासफोर्डको पासलाई सदुपयोग गरेका थिए । यो जितसँगै ५ खेलमा ९ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा रहँदा पराजित लेस्टर समान खेलबाट १ अंकका साथ अन्तिममा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।