प्रिमियर लिग क्लब फुलहमले ब्राजिलियन विंगर विलियनलाई अनुबन्ध गरेको छ । फुलहमले १ वर्षको सम्झौतामा विलियनलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
३४ वर्षीय विलियनले हालै आफू र परिवारलाई ज्यान मार्ने धम्की आएको भन्दै ब्राजिलियन कोरिन्थिस छाडेका थिए । अघिल्लो वर्ष कोरिन्थिसमा अनुबन्ध भएका चेल्सी तथा आर्सनलका पूर्वविंगरले क्लबका लागि ४५ खेलमा १ गोल गरेका थिए ।
२०१३ देखि २०२० सम्म चेल्सीमा बिताएका उनले २०२०/२१ को सिजन आर्सनलका लागि खेलेका थिए । विलियनले ब्राजिलका लागि ७० खेलमा ९ गोल गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।