बार्सिलोनाका फरवार्ड औवामियाङ चेल्सीमा अनुबन्ध

प्रिमियर लिग क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड पिएरे एमरिक औवामियाङलाई अनुबन्ध गरेको छ । चेल्सीले गावोनका फरवार्डलाई दुई वर्षको लागि १० मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो ।

३३ वर्षीय औवामियाङ एक सिजन पछि नै प्रिमियर लिगमा फर्किएका हुन् । उनी गत सिजन फ्रि ट्रान्सफरमा सन् २०२५ सम्मका लागि बार्सिलोना भित्रिएका थिए । तर, यो समरमा बार्सिलोनाले रोबर्ट लेवान्डोस्की र राफिन्हा भित्र्याएपछि उनी आफ्नो सम्झौता बाँकी छँदै क्लब छाडेर चेल्सी पुगेका हुन् । 

औवामियाङले बार्सिलोनाका लागि गत सिजन २३ खेलमा १३ गोल गरेका थिए । उनले देशका लागि ७० खेलमा ३० गोल गरेका छन् । 





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार ८:३८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया