एसिया कप : सुपर फोरमा पुग्न जित्नै पर्ने दबाबमा पाकिस्तान र हङकङ

युएईमा जारी एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदै छ । समूह ‘ए’ अन्तर्गत हुने खेलमा पाकिस्तान र  हङकङ प्रतिस्पर्धा गर्दै छन् । खेल शारजाह क्रिकेट मैदानमा  नेपाली समय अनुसार साँझ पौने आठमा सुरु हुनेछ।

दुवै टोलीका लागि आजको खेल निकै महत्त्वपूर्ण छ किनकि यही खेलले सुपर फोरमा पुग्ने अन्तिम टोलीको टुङ्गो लगाउनेछ । यो खेलमा जित हात पर्ने टोलीले सुपर फोरमा स्थान पक्का गर्ने छ।

यस समूहबाट विजेताका रूपमा भारत सुपर फोरमा पुगिसकेको छ । पहिलो खेलमा पाकिस्तानले ५ विकेट तथा हङकङले ४० रनको हार बेहोरेका थिए । दुवै टोली भारतसँग पराजित भएका हुन् । 

पाकिस्तान र हङकङले पहिलो पटक टी–२० अन्तर्राष्ट्रियमा एक अर्काको सामना गर्दै छन् । यसअघि भएका तीन एक दिवसीय अन्तर्राष्ट्रियमा भने सबैमा पाकिस्तान विजयी भएको थियो ।

त्यस्तै, समूह ‘बी’ बाट अफगानिस्तान विजेता र श्रीलंका उपविजेताका रूपमा सुपर फोर प्रवेश गरेका छन् ।





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार १०:२६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया