सुदूरपश्चिम प्रदेश सभाको दशौँ अधिवेशन आजबाट अन्त्य हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको १०औँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन मिति तय भएसँगै प्रदेश सभा सदस्यहरू प्रचार–प्रसारमा केन्द्रित हुने भन्दै सभाको बैठक शुक्रबार अन्त्य गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो ।
प्रदेश सभामा प्रक्रियामा रहेको प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई सभाबाट पारित गर्ने र प्रदेश सभाको बैठक अन्त्य गर्ने तयारी गरिएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।