चितवन-३ बाट चुनावमा उठ्ने प्रचण्डको घोषणा

कर्णाली प्रदेशको नेकपा ( माओवादी केन्द्र) को प्रशिक्षण शुक्रबार हुँदै छ ।  बिहीबार  हुने भनिएको प्रशिक्षण शुक्रबार हुन लागेको हो ।

प्रशिक्षणमा सहभागी हुन आएका  माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागबन्डा मिलाउने तयारी भइरहेको बताएका छन् ।

प्रचण्डले गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो कुनै विषयमा असहमति नभएको दाबी गरे ।  सो क्रममा प्रचण्डले आगामी निर्वाचनमा चितवन-३ बाटै चुनाव लड्ने बताए ।

एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने सङ्केत गरे ।  यो पटक प्रतिनिधि र प्रदेश दुवै सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने  गरी तयारी भइरहेको बताए । 

एमालेसँग कुनै प्रकारको तालमेलको सम्भावना नरहेको भन्दै प्रचण्डले सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने जिकिर गरे ।





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार ११:४४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया