राफेल नाडाल युएस ओपनको तेस्रो चरणमा

स्पेनिस स्टार राफेल नाडाल युएस ओपन टेनिस प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेका छन् । उनले आज बिहान सम्पन्न दोस्रो चरणअन्तर्गतको खेलमा इटालीका फाबियो फोगिनीलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेका हुन् ।

आर्थर एस स्टेडियममा फोगिनीविरुद्धको पहिलो सेट २–६ ले गुमाए पनि दोस्रो वरीयताका नाडालले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका सेट ६–४,६–२ र ६–१ ले जित्दै खेल आफ्नो पक्षमा पारे ।

अब नाडालले तेस्रो चरणमा फ्रेन्च खेलाडी रिचर्ड गास्केटको सामना गर्नेछन् । गास्केट जापानका टारो डेनियललाई ६–४, ६–७ (१–७), ६–२ र ६–२ ले हराउँदै तेस्रो चरणमा प्रवेश गरेका हुन् ।





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार १२:९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया