नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आउँदो संसदीय निर्वाचनमा समानुपातिक रुचि देखाएका छन् । अघिल्लो निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोसँग पराजित भएका निधिले आगामी चुनावमा समानुपातिकतर्फ रुचि देखाएका हुन् ।
धनुषा क्षेत्र नम्बर ३ बाट क्षेत्रीय समितिले निधिको नाम प्रतिनिधिसभाको समानुपातिकतर्फ सिफारिससमेत गरिसकेको छ । उनी समानुपातिकमा सिफारिस भएको प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराइसकेको मधेस प्रदेश नेपाली कांग्रेस प्रचार विभागले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।