राज्यकोषको रकम शतप्रतिशत सदुपयोग गर्न प्राधिकरणलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न निर्देशन दिएका छन् ।

शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री खाणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न निर्देशन दिएका हुन् । 

उनले सरकारले विपद् जोखिम न्यूनीकरण गर्न दिएको रकम सदुपयोग गर्न प्राधिकरण क्रियाशील हुन जरुरी रहेको बताए । 

मन्त्री खाणले विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणलाई पनि सार्वजनिक खरिद ऐन लागू हुने भन्दै प्रचलित कानुनअनुसार कोषको रकम खर्च गर्नुपर्ने बताए । 

उनले विपद् व्यवस्थापन कोषमा भएको रकम विपद्को समयमा नै सदुपयोग हुनुपर्ने उल्लेख गरे । 

उनले स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणका लागि पठाएको रकम विपद् व्यवस्थापनामा नै खर्च गर्नुपर्ने बताए । 



मन्त्री खाणले प्राधिकरणको कार्यकारी समितिले गरेका सबै निर्णय गम्भीरतापूर्वक कार्यान्वयन गर्ने पनि निर्देशन दिए ।

गृहमन्त्री खाणले यो वर्ष पनि वर्षाको कारण देशका विभिन्न भागमा बाढी पहिरोका कारण ठूलो क्षति भएको बताए । 



उनले विपद् प्राधिकरणलाई सरकारले प्रदान गरेको कोष भए पनि स्थानीय तह र स्थलगत रूपमा विपद् व्यवस्थापनका लागि त्यो खालको प्राविधिक जनशक्ति व्यवस्थापन नभएको बताए । 

विपद् व्यवस्थापनका लागि स्थानीय गाउँपालिकालाई नै जिम्मा दिएर सक्रिय बनाउन आवश्यक रहेको बताए ।

  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार १३:५४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया