प्रचण्डलाई पत्रकारले रामबहादुर थापासँग प्रतिस्पर्धा गर्दै हो भनेपछि...
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सिट बाँडफाँटको विषयलाई लिएर गठबन्धनभित्र कुनै असहमति नरहेको दाबी गरेका छन् ।

शुक्रबार माओवादी केन्द्रले कर्णाली प्रदेशमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष दाहालले यस्तो बताएका हुन् । 

उनले गठबन्धनमा सिट संख्याको विषय लगभग टुंगिसकेको र एकै पटक प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी काम सुरु भएकोले समय लागेको स्पष्ट पारे । उनले शनिबार बस्ने गबन्धनको बैठकबाट प्रदेश र संघको निर्वाचनमा क्षेत्र पनि तोक्ने बताए । 

अध्यक्ष दाहालले गठबन्धनलाई अझ प्रभावकारी कसरी बनाउने भन्नेतिर छलफल केन्द्रित रहेको बताए । उनले प्रदेश र संघको निर्वाचनमा गठबन्धनका सबै दलको सन्तुलन मिलाउने गरी छलफल भइरहेको बताए ।

‘हामीले अहिले एउटा के मान्यता बनाउन प्रयास गरिरहेका छौँ भने संघको एउटाले लियो भने अर्कोलाई प्रदेशको गरेर भोट ट्रान्सफर हुने वातावरण बनाउने भन्ने छ । त्यसो गर्दा १६५ वटा नै निर्वाचन क्षेत्रअन्तर्गतका प्रदेश जुन छन्, तिनको मिलाउँदा सन्तुलन मिलाएर जाने भन्ने हो । हामीले उस्तै परे हाम्रो प्रभाव भएका सबै हामीले एक्लै जित्ने ठाउँमा पनि अन्य पार्टीलाई प्रदेशमा समायोजन गरेर लैजाने तिर नै हाम्रो जोड छ,’ उनले भने ।

अध्यक्ष दाहालले चितवन क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी रहने स्पष्ट पारे । नेकपा एमालको उपाध्यक्ष रामबहादुर थापा 'बादल'सँग प्रतिष्पर्धा हुने हो भन्ने पत्रकारको प्रश्नमा उनले तुलना नहुने कुरा नसोध्न आग्रह गरे । उनले भने, ‘चुनाव म चितवनको क्षेत्र नम्बर ३ बाट लड्दैछु । तुलना नहुने कुरा पत्रकार साथीहरूले नसोध्दा राम्रो ।’



अध्यक्ष दाहालले कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) को राम्रो प्रभाव रहेको भन्दै सन्तुलित ढंगको तालमेल गर्ने प्रतिवद्धता जनाए । उनले माओवादीले आगामी दिनमा कर्णालीमा सरकार बनाउने स्थिति र गठबन्धनलाई जारी राख्ने स्थिति कायम गर्ने बताए ।

अध्यक्ष दाहालले विगतमा गरेका कामको आत्मसमीक्षा नगरेसम्म नेकपा एमालेसँग सहकार्य नहुने पनि स्पष्ट पारे ।



  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार १४:८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया