अरुण काबेलीले सतप्रतिशत हकप्रद सेयर निष्कासनको माग्याे अनुमति
फाइल तस्वीर

अरुण काबेली पावर कम्पनीले हकप्रद सेयर निष्सकानका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

अरुणले १ः१ अनुपातमा एक करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको छ । 

कम्पनीले हाल कायम एक अर्ब ८५ करोड ५२ लाख १० हजार पाँच रुपैयाँ चुक्ता पुँजीमा सतप्रतिशत हकप्रद बिक्री गर्न लागेको हो ।

यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । 

यसअघि १० भदौमा अरुण काबेलीलाई विद्युत नियमन आयोगले पनि सयप्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ ।

आयोगले अरुणलाई १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको हो ।





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार १४:२२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया