एक वर्षमा भित्रिए पौने चार अर्बभन्दा बढीका सारी, धोती र लुङ्गी

नेपालमा एक वर्षमा पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको हो । 

सो अवधिमा विभिन्न देशबाट नेपालमा ३ अर्ब ८५ करोड २८ लाख ८५ हजार रुपैयाँको सारी, धोती र लुङ्गी भित्रिएको विभागले जनाएको छ । 

बेल्जियम, भुटान, चीन, फ्रान्स, भारत, इन्डोनेसिया, अमेरिका, जर्मनी, नेदरल्याण्ड्स, थाइल्याण्ड, नामिबिया, अष्ट्रेलिया, बंगलादेश, मलेसिया, निकारागुवा, कतार, सिंगापुर, श्रीलंका लगायतका देशबाट नेपालमा सारी, धोती र लुङ्गी भित्रने गरेको छ । 

नेपालमा सबैभन्दा बढी सारी, धोती र लुङ्गी भारतबाट आउने गरेको छ । गत आर्थिक वर्ष मात्र भारतबाट ३ अर्ब ७५ करोड ८७ लाख ७ हजार रुपैयाँको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ । 

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा विभिन्न देशबाट २० करोड ७९ लाख २८ हजार रुपैयाँको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको विभागले जनाएको छ । जसमध्ये २० करोड ५२ लाख ७१ हजार रुपैयाँको सारी, धोती र लुङ्गी नेपालले भारतबाट आयात गरेको हो । 





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार १४:५४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया