एआइएफएफकाे अध्यक्षमा कल्याण चाेबे

भारतकाे राष्ट्रिय फुटबल टाेलीका पुर्व गाेलरक्षक कल्याण चाेबे अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) को अध्यक्षमा निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा चाेबेले अर्का प्रतिद्वन्दी भारतीय पूर्वकप्तान भाइचुङ भुटियालाई फराकिलो अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा कुल ३४ मध्ये चाेबेले ३३ मता पाउँदा भुटियाको पक्षमा एक मत मात्र खस्यो । एआइएफएफले सन् २००९ पछि नयाँ नेतृत्व पाएको हो ।

२००९ देखि चार वर्षको तीन कार्यकाल पूरा गरेका पूर्वअध्यक्ष प्रफुट पटेलले समयमै निर्वाचन गराउन नसकेपछि सुरु भएको खिचातानीका कारण भारतीय फुटबल फिफाको निलम्बनमा समेत परेको थियो ।

करिव १८ महिनासम्म निर्वाचनका लागि आलटाल गरेपछि भारतको सर्वोच्च अदालतले पटेललाई अध्यक्ष पदबाट हटाउदै तीन सदस्यीय कमिटीलाई एआइएफएफको जिम्मा दिएको थियो ।

तर, एआइएफएफमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले १६ अक्टोबर मा भारतीय फुटबललाई निलम्बन गर्ने निर्णय गरेको थियो । जुन ११ दिनपछि अर्थात २७ अक्टोबरमा फुकुवा भएको थियाे ।





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार १६:६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया