सेयर बजारको ओरालाे यात्रा कायमै
फाइल तस्वीर

पहिल्ला केही दिनदेखि घटिरहेको सेयर बजार शुक्रबार पनि झिनाे अंकले ओरालाे लागेकाे छ । 

साताकाे काराेबारकाे अन्तिम दिन शुक्रबार २ घण्टा खुलेकाे सेयर बजारकाे नेप्से सूचक  १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा अडिएको छ । ६९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । 

२१९ कम्पनीको १८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ वटा समूह सकारात्मक देखिएका छन् । १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा छ । 

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र अरुण काबेली हाइड्रोपावर परेका छन् ।  





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार १६:२१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया