राष्ट्रिय परीक्षा बोर्डले गर्‍यो कक्षा १२ को नतिजा सार्वजनिक
फाइल तस्वीर

कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको हो । 

बोर्डले ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले ग्रेडिङ पद्धतिअनुसार परीक्षाफल प्रकाशित गरिएको बताए ।  

यसपटक प्रत्येक विषयमा पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने बोर्डले व्यवस्था गरिएको थियो । सो अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । 

दुई विषयमा मात्र नन ग्रेडिङ आए ग्रेडवृद्धि परीक्षा दिन सकिने बोर्डको भनाइ छ । यस वर्ष नियमिततर्फ १ लाख ८८ हजार विद्यार्थी ननग्रेडिङमा परेका छन् । 

कक्षा १२ को परीक्षा गत १५ देखि २५ जेठमा सञ्चालन भएको थियो । परीक्षामा ४ लाख १० हजार ५० परीक्षार्थी सहभागी थिए ।





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार १७:४०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया