आसिफको शतकीय पारीमा नेपालले केन्यालाई ७ विकेटले हरायो

ओपनर आसिफ शेखको शतकप्रेरित नेपालले घरेलु टोली केन्यासँगको पहिलो एकदिवसीय खेलमा सात विकेटको सहज जित निकालेको छ । 

नौरबीस्थित जिमखाना क्रिकेट मैदान केन्याले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । योसँगै नेपालले तीन एक दिवसीय श्रृंखलामा १–० को अग्रता लिएको छ । 

नेपालको जितमा ओपनर आसिफले शतकीय इनिङ खेले । आसिफले एक सय २० बलमा १२ चौका र दुई छक्कासहित एक सय १० रन बनाउने क्रममा बोल्ड हुन पुगेका थिए । 

यसअघि अर्का ओपनर अर्जुन साउदले व्यक्तिगत ६१ रनको साथ दिएका थिए । अर्जुनले ९७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । 

यसबाहेक, ज्ञानेन्द्र मल्लले २४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी १५ र कप्तान रोहितकुमार पौडेल तीन रनमा अविजित रहे । केन्याका रकिब, कोलिन्स र विशिल पटेलले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय १८ रन जोड्न सफल भएको थियो । 



केन्याका रकिब पटेल ६७ र कोलिन्स ओबुयाले ६२ रन अर्धशतकीय इनिङ खेलेका थिए । 

घरेलु टिमका इर्फान करिमले ३० रन सचिन भुडियाले २६ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । 



केन्याको इनिङलाई रोक्ने क्रममा नेपालका सोमपाल कामी र करण केसीले समान तीन/तीन विकेट लिए । यसबाहेक, आदिल अन्सारी र पवन सर्राफले एक–एक विकेट आफ्नो नाममा लेखाए । 

दोस्रो खेल शनिवार हुनेछ । यसअघिको पाँच खेलको ट्वान्टी–२० श्रृंखला नेपालले ३–२ आफ्नो पक्षमा बनाएको थियो । 

  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार १९:५०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया