उपेन्द्र यादव मोरङ–५ बाट उम्मेदवार सिफारिस
फाइल तस्वीर

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङको निर्वाचन क्षेत्र–५ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् ।
    
पार्टीद्वारा आज जारी विज्ञप्तिमा अध्यक्ष यादवसहित सोही क्षेत्रका लागि  प्रदेश–१ का स्वास्थ्यमन्त्री जयराम यादव, सञ्जय सिंह, राजकुमार यादव र खुर्सिद हविब इराकीको नाम सिफारिस गरिएको जनाइएको छ ।

यस्तै, प्रदेशसभातर्फ मोरङ क्षेत्र–५ (क)बाट प्रत्यक्षको उम्मेदवारमा पत्रालाल मण्डल, प्रमोद शर्मा, कमला साह र प्रकाश मण्डल गनगाईंको नाम सिफारिश भएको स्वास्थ्यमन्त्री यादवले बताए ।

यसैगरी क्षेत्र–५(ख)मा स्वास्थ्यमन्त्री यादवलाई प्रदेशसभाको उम्मेदवारमा पनि सिफारिस गरिएको छ । सो क्षेत्रमा अमृत महतो, दिनेश साह, विनिता सिंह र मन्तलाल यादवको नाम पनि पार्टीले सिफारिस गरेको बताइएको छ ।

मोरङ क्षेत्र–४ प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि  मृत्युञ्जय झा  र समानुपातिकतर्फ रामचन्द्र झाको नाम रहेको छ भने मोरङ निर्वाचन क्षेत्र–४ (ख)मा प्रत्यक्षतर्फ सञ्जय सिंह र समानुपातिकतर्फ रञ्जु बर्मा र गीता यादवको नाम सिफारिस गरिएको छ ।





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार २०:१७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया