केन्याविरुद्ध दोस्रो वानडे खेल्दै नेपाल, एक खेल अगावै सिरिज जित्ने मौका

नेपालले आज घरेलु टोलीविरुद्ध एकदिवसीय सिरिजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः१५ देखि सुरु हुनेछ ।

केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिज एक खेल अगावै जित्ने योजनामा हुनेछ । पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

सो खेल जितेमा नेपालले एकदिवसीय सिरिज पनि आफ्नो बनाउने छ । नेपालले यसअघि केन्याविरुद्ध पाँच खेलको टी–२०अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो । केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा बराबरी गर्न चाहन्छ । 





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार ८:४०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया