अमेरिकी स्टार सेरेना विलियम्स युएस ओपन टेनिस प्रतियाेगिताकाे तेस्रो चरणबाटै बाहिरिएकी छन् । उनी आज बिहान सम्पन्न खेलमा अस्ट्रेलियन खेलाडी अजला टाेमल्जानाेभिचसँग २–१ काे सेटमा पराजित हुँदै बाहिरिएकी हुन् ।
आर्थर एस स्टेडियममा विलियम्स ५–७, ७–६ (७–४), १–६ ले पराजय बेहाेरिन् । अब टाेमल्जानाेभिचले रसियन खेलाडी लुडमिला सामसाेनाेभाकाे सामना गर्नेछिन् ।
सामसाेनाेभा सर्वियाकी अलेक्जान्ड्रा क्रुनिकलाई दुवै सेटमा समान ६–३ ले पराजित गर्दै चाैथाे चरणमा प्रवेश गरेकी हुन् । त्यस्तै, तेस्रो चरणअन्तर्गतकै अन्य खेलमा क्याराेलिना गार्सिया र ओन्स जाबेउरले पनि जित हात पारे ।
बेलतयती स्टार एन्डी मुरे पनि युएस ओपनकाे तेस्रो चरणबाटै बाहिरिएका छन् । उनी गएरातिकाे खेलमा इटालीका माटिओ बेरेटिनीसँग ३–१ काे सेटमा पराजित हुँदै बाहिरिएका छन् ।
मुरे आर्थर एस स्टेडियममा ४–६, ४–६, ७–६ (७–१) र ३–६ ले पराजित भए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।