ब्राजिलियन डिफेन्डर मार्सेलो ग्रीक क्लबमा अनुबन्ध

ब्राजिलियन डिफेन्डर मार्सेलो ग्रीक क्लब ओलम्पियाकोस एफसीमा अनुबन्धित भएका छन् । ओलम्पियाकोसले शनिबार डिफेन्डर मार्सेलोलाई अनुबन्धित गरिएको जनाएको छ ।

ओलम्पियाकोसले ३४ वर्षीय डिफेन्डरलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । रियल मड्रिडका पूर्वडिफेन्डर मार्सेलोले ओलम्पियाकोससँग एक वर्षको सम्झौता गरेका छन् ।

स्पेनिस क्लब रियल छाडेपछि मार्सेलो क्लब विहिन थिए । लेफ्ट ब्याकले १५ वर्ष बिताएर सान्टियागो बर्नाबेउ छाडेका हुन् ।

डिफेन्डर मार्सेलो २००७ मा ब्राजिलको फ्लुमिनेन्स फुटबल क्लबबाट रियल भित्रिएका थिए । स्पेनिस क्लबका लागि उनले २५ उपाधि जिते । जसमा ५ च्याम्पियन्स लिग उपाधि छ । 

रियलका उनले ५४५ खेल खेल्दा ३८ गोल गर्नुका साथै १०३ गोलका लागि अवसर सिर्जना गरेका थिए । 





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार ९:१२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया