प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मुगुका सभापति शाही सर्वसम्मत सिफारिस

नेपाली कांग्रेस मुगुका पार्टी सभापति ऐनबहादुर शाही मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवारको रूपमा सर्वसम्मत  सिफारिस भएका छन् । शुक्रबार बसेको बैठकले शाहीलाई प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको पार्टी सचिव लोकेन्द्र बहादुर मल्लले बताए ।

उनका अनुसार जिल्ला कार्य समितिले प्रतिनिधि सभाको खस आर्य समानुपातिकतर्फ पूर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल, महिला समानुपातिक धनसिला मल्ल  र खुल्ला समानुपातिक मिन भामलाई सिफारिस गरेको हो । 

यस्तै, कर्णाली प्रदेश सभा ‘क’ अन्तर्गत प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश सभाको लागि खगेन्द्र बहादुर मल्ल, हरिजंग शाही, तिलकबहादुर मल्ललाई प्रदेश सभाको लागि नाम सिफारिस गरिएको हो ।  

प्रदेश समानुपातिकतर्फ सुर्यदेवि मल्ल महिला र पिछडिएको क्षेत्र, पदम रावल खस आर्य, लक्ष्मि रावत महिला खस आर्य, भिम तिरुवा दलित, च्यावा लामा जनजाति, फुन्जोक लामा जनजाति, रमाइली रावल ख्ला, र खुम्मेनी बिक दलित महिलाको लागि समानुपातिकतर्फ नाम सिफारिस गरेको सचिव मल्लले जानकारी दिए । 

साथै, प्रदेशसभा ‘ख’ अन्तर्गत  प्रत्यक्षतर्फ खड्क बहादुर शाही, रतनबहादुर शाही र लेकविक्रम शाहको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ जन्मजय भण्डारी खस आर्य पिछडिएको क्षेत्र, महेश गिरी अपाङ्ग, रूपकर्ण शाही महिला, गोमा गिरी महिला, लोक बहादुर शाही खस आर्यबाट सिफारिस गरेको नेपाली कांग्रेस मुगुले जनाएको छ ।  

निर्वाचन क्षेत्र अनुसार प्रदेश ‘क’ अन्तर्गत छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिका पर्छन् भने प्रदेश ‘ख’ अन्तर्गत खत्याड गाउपालिका र सोरु गाउँपालिका रहेका छन् ।        





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १०:२८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया