अमेरिकाले गर्‍यो ताइवानलाई नयाँ हतियार प्याकेजको घोषणा

बेइजिङसँग बढ्दो तनावबीच टापुको प्रतिरक्षालाई बढावा दिन संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई १.१ अर्ब डलरको नयाँ हतियार प्याकेज घोषणा गरेको छ । 

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको एक महिनापछि अमेरिकाले उक्त टापुलाई हतियार प्याकेज घोषणा गरेको हो ।   

उक्त सहयोग ताइवानको सुरक्षाका लागि अपरिहार्य भएको अमेरिकी विदश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । ‘हामी बेइजिङलाई ताइवानविरुद्धको सैन्य, कूटनीतिक र आर्थिक दबाब बन्द गर्न र ताइवानसँग अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं,’ प्रवक्ताले भने । 
 





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १०:३३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया