क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत आज हुने खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आबद्ध जमैका तालाबाजले गुएना अमेजन वारियर्सकाे सामना गर्नेछ ।
खेल सेन्ट किट्सस्थित वार्नर पार्कमा हुने नेपाली समय अनुसार बेलुका पाैने ८ मा सुरू हुनेछ ।
गुएनाविरुद्ध सन्दीपले खेल्ने सम्भावना छ । केन्यासँगको टी-२० सिरिजपछि उनी जमैकाको टोलीमा सामेल भएका हुन्।
जमैका गुएनालाई हराउँदै प्रतियाेगितामा लगातार दोस्रो जित निकाल्ने प्रयासमा हुनेछ । उसले पहिलाे खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सलाई ४७ रनले पराजित गरेकाे थियाे ।
गुएना पनि आज जित निकाल्दै प्रतियाेगितामा विजयी सुरूवात गर्न चाहन्छ ।
हालसम्म यी दुईले १९ खेलमा एक अर्काे सामना गर्दा जमैकाले ७ र गुएनाले ११ खेल आफ्नो पक्षमा पारेका छन् । १ खेल भने विना नतिजा टुङ्गिएकाे छ ।
प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् । अघिल्लो संस्करणको उपाधि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जितेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।