क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा आज नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेआबद्ध जमैका ताल्लावाजले गुयाना अमेजन वारियर्सको सामना गर्नेछ ।
खेल सेन्ट किट्सस्थित वार्नर पार्कमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । वेस्ट इण्डिज ढिला पुगेकाले सन्दीपले पहिलो खेल गुमाएका थिए । वारियर्सविरुद्ध भने सन्दीपले खेल्ने सम्भावना बलियो छ । केन्यासँगको टी–२० सिरिजपछि उनी जमैकाको टोलीमा सामेल भएका हुन् ।
जमैका गुयानालाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने प्रयासमा हुनेछ । उसले पहिलो खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सलाई ४७ रनले पराजित गरेको थियो ।
गुयाना पनि आज जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्न चाहन्छ । हालसम्म यी दुई टोलीले १९ खेलमा एकअर्को सामना गरेका छन् । जसमा जमैकाले सात र गुयानाले ११ खेल जितेका छन् । एक खेल भने बिना नतिजा टुंगिएको छ ।
जारी लिगमा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् । गत संस्करणको उपाधि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जितेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।