सेरेनाले लिइन् टेनिसबाट सन्न्यास

अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले टेनिसलाई अलबिदा भनेकी छिन् । उनले युएस ओपनमा शुक्रबार आफ्नो अन्तिम खेल खेल्दै टेनिसबाट सन्न्यास लिएकी हुन् ।

अमेरिकाको न्युयोर्कमा भएको यो खेलमा सेरेना अष्ट्रेलियाकी आयला टोमियानोभिचसँग पराजित भएकी थिइन् । तर, उनले यो खेल आफ्ना लागि निकै स्मरणीय रहेको बताएकी छिन् । उनले यो खेलमा तेस्रो राउण्डमा पराजय भोगेकी थिइन् ।

खेल सकिएपछि उनी भावुक देखिएकी थिइन् । ४१ वर्षकी सेरेनाले २७ वर्ष लामो आफ्नो करिअरलाई शनिबार टुंग्याएको घोषणा गरेकी हुन् ।

आँखाबाट आँसु झादै उनले बिदा मागेकी हुन् । 

सेरेनाले आफ्नो पहिलो खेल सन् १९९५ मा खेलेकी थिइन् । २७ वर्ष लामो करिअरमा उनले २३ सिंगल्स ग्य्रान्डस्ल्याम जितेकी छिन् र सबैभन्दा लामो समय उनी नम्बर वान खेलाडी बनेर रहेकी छिन् ।





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार ११:३७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया