एमालेनिकट प्राध्यापकहरू भन्छन्- शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रका अखडा भए

नेपाल प्रगतिशील प्राध्यापक संघले मधेस प्रदेशको उच्चशिक्षा अति राजनीतिकरण भएको आराेप लगाएका छन् । 

संघको दोश्रो प्रदेश सम्मेलनमा मधेश प्रदेशमा उच्चशिक्षा कार्यपत्र प्रस्तुत गर्दै शैक्षिक संस्थाहरू राजनैतिक षड्यन्त्रका अखडाको रुपमा स्थापित भएको प्रति प्राध्यापकहरूले चिन्ता व्यकत गरेका हुन् । 

हरेक क्याम्पसमा हुने राजनैतिक भागबन्डा र क्याम्पस सञ्चालनमा सग्लन व्यक्तिको गुण दोषको आधारमा नभइ राजनीतिक आस्थाका आधारमा सहयोग गर्ने परिपाटीको विकास हुँदै गएको उनीहरूको भनाइ छ ।

विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार मधेश प्रदेशमा एक सय ३१ वटा क्याम्पस छन् । जसमध्ये सता वटा आङ्गिक क्याम्पस, समबन्धन प्राप्त ४२ वटा सामुदायिक क्याम्पस र ८२ वटा निजी छन् ।

प्राध्यापकहरूले मधेश प्रदेशमा नियमित पठनपाठन नहुने, शैक्षिक गुणस्तर खस्कदै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रदेश सरकारको उदासिनतालाई लिएर आपत्ति जनाएका छन् ।

उच्च शिक्षाको जिम्मेवारी प्रदेशलाई दिए पनि सुधारको लागि प्रदेश सरकारले देखाएको उदासिनता नै परिणामस्वरूप उच्च शिक्षाको स्तर खस्कदै गएको प्राध्यापकहरूको बुझाइ छ । सम्मेलनकाे आयाेजना नेकपा एमाले निकट प्राध्यापक संघले गरेकाे हाे ।



मधेश प्रदेशका १३१ वटा क्याम्पसमध्ये बारामा नाै वटा, धनुषामा २७ वटा, महोत्तरीमा १२ वटा, पर्सामा १५ वटा, रौतहटमा १६ वटा, सप्तरीमा २० वटा, सर्लाहीमा ११ वटा र  सिरहामा १३ वटा क्याम्पस छन् ।

एमालेले ओलीको पालामा मधेशमा आमूल परिवर्तन गर्‍यो : महासेठ



सम्मेलन उद्घाटनसत्रका प्रमुख अथिति नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले पनि प्राध्यापकहरूको चिन्ताप्रति ऐक्यबद्धता जनाए । मधेस प्रदेशको शिक्षामा अपेक्षित सुधार हुन नसकेको बताउँदै माहासेठले केही तत्वहरूले मधेशमा निक्कै षड्यन्त्र गरेको आराेप लगाए ।

उनले मधेस प्रदेशको शिक्षा सुधारमा नेकपा एमालेले  मिहिनेत गरेको बताउँदै ओली सरकारको पालामा मधेशमा निक्कै परिवर्तन भएको दावी गरे ।

  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १४:३२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया