महिला साफ च्याम्पियनसिपका लागि बंगलादेशी टाेली नेपालमा
फरकधार / १८ भदौ, २०७९

अर्काे सातादेखि सुरु हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन बंगलादेशी टोली नेपाल आइपुगेकाे छ ।



बंगलादेशी टोली शनिबार नेपाल आइपुगेका हाे । बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ।

महिला साफ च्याम्पियनसिप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  २१ भदौदेखि ३ असोजसम्म हुनेछ ।



प्रतियाेगिताकाे समूह 'ए' मा बंगलादेशसँगै साबिक विजेता भारत, पाकिस्तान र माल्दिभ्स छन् । बंगलादेशले २२ भदाैमा माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।



  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १६:०:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया