मिखाइल गोर्बाचेभको राजकीय सम्मानविनै अन्त्येष्टि

सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टि सम्पन्न भएको छ । उनको राजकीय सम्मानविना नै शनिबार अन्त्येष्टि गरिएको हो । 

उनको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको थियो । अन्त्येष्टि समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भएनन् । 

सन् १९८५ देखि सन् १९९१ मा सत्तामा रहँदा गोर्बाचेभले लोकतान्त्रिक सुधारहरूद्वारा सोभियत संघलाई रूपान्तरण गर्न खोजेका थिए । 

सोभियत संघ विघटन गरेकाले अधिकांश रुसीले गोर्बाचेभलाई मन पराउँदैनथे । पश्चिमा देशहरुका लागि भने गोर्बाचेभ सदा नायक सावित भए । 





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १७:१३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया