अर्थतन्त्र सहज बन्दै गइरहेको छ : गभर्नर महाप्रसाद अधिकारी
फाइल तस्वीर

नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको जनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका हुन् । 

शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले जोखिम पनि कायमै रहेको उल्लेख गर्दै सजकता अपनाउन पनि सचेत गराएका हुन् । अर्थतन्त्रमा सहजता देखिएको भनेर अहिल्यै धेरै वस्तुहरुको आयातमा वृद्धि गर्न नमिल्ने गभर्नर अधिकारीको भनाइ थियो ।

उनले भने, ‘मुलुकको अर्थतन्त्रमा थप सहजता फिल गरिराखेका छौं । तर, त्यो सहजतामा हामीले त्यत्तिकै सजकता अपनाउनुपर्ने हुन्छ । हामीले अलिकति सहज भयो भन्दैमा धेरै नै आयात गर्न थाल्यौं भने हामीलाई त्यही प्रेसर दोहोरिदैन भन्ने होइन । सहजता सँगसँगै सजकता पनि हाम्रो लागि आवश्यक विषय छ । यस अर्थमा सकारात्मक कुरा आइराखेका छन् । पर्यटन गत वर्षभन्दै पछिल्लो ६ महिनामा दोब्बर आएका छन् । केही वस्तुको निर्यात बढेर गएका छन् ।’

केही वस्तुको निर्यातको राम्रो सम्भावना देखिनु, पर्यटक गत वर्षको भन्दा पछिल्लो ६ महिनामा दोब्बरले वृद्धि हुनु मुलुकको अर्थतन्त्र सुधारको बाटोमा गएको प्रमाणको रुपमा लिनुपर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले रेमिट्यान्समा समेत सुधार देखिदै आएको बताए । उनले अर्थतन्त्रमा देखिएका जोखिम न्यूनीकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने खाँचोसमेत औंल्याए ।  





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १७:१४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया