प्रदेश सरकार कुना कन्दरामा देखिएको छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सहर बजारमा प्रदेश सरकारको आलोचना भए पनि प्रदेशका कुना कन्दाराका नागरिकको भरोसा बनेको दाबी गरेका छन् ।

‘सामाजिक सञ्जालमा प्रदेश सरकारप्रति टिका टिप्पणी भएको देखिन्छन् । ती सामाजिक सञ्जाल चलाउने मानिस सहरमा बसेका हुन्छन्,’ मुख्यमन्त्री भट्टले भने, ‘सरका केही मानिसले सरकारको आलोचना गरे पनि ग्रामीण भेगका नागरिकले हामीलाई माया गरेका छन् । प्रदेश सरकार प्रदेशका विकट क्षेत्रमा देखिएको छ ।’

५ वर्षसम्म सरकार भएको अनुभूति नै भएन, यो प्रदेश संरचना नै खारेज गर्नुपर्छ भन्दै नागरिकबाट आवाज आउन थालेका छन् । प्रदेश सरकारप्रति नागरिकको वितृष्ण किन बढ्यो ? भनेर मुख्यमन्त्री भट्टसँग गरिएको प्रश्नमा बोल्दै मुख्यमन्त्री भट्टले भने, ‘सामाजिक सञ्जाल चलाउने केही मानिसको धारणा मात्रै हामीले देखेका छौँ । प्रदेशका कुना कन्दरामा हामी पुगेका छौँ । त्यहाँका नागरिकले हामीलाई माया गरेका छन् । तर, जनताले गर्ने आलोचनालाई पनि हामीले सकारात्मक रूपमा लगेका छौँ, कतै न कतै हामी पनि चुकेका छौँ ।’

उनले प्रदेश सरकारले ५ वर्षमा सडक, शिक्षा, स्वास्थ्यमा राम्रो प्रगति गरेको बताए । ‘हिजोको भन्दा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्रदेश सरकारले राम्रो काम गरेको छ,’ मुख्यमन्त्री भट्टले भने, ‘कानुन निर्माणको काममा पनि हामीले धेरै प्रगति गरेका छौँ । अब आउने सरकारलाई काम गर्न धेरै सहज हुनेछ ।’





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १७:३१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया