सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको छ : सुवास नेम्वाङ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको टिप्पणी गरेका छन् । सत्तारुढ गठबन्धन आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जान डराइरहेको उनको भनाइ थियो । 

पार्टीको केन्द्रीय सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ दलहरुकै कारण मंसिर ४ गते नै सो निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नरहेको पनि पटकपटक दोहोर्‍याए । 

निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने दाबी गर्दै उपाध्यक्ष नेम्वाङले त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । उनले भने, ‘आफूलाई लोकतान्त्रिक हुँ भन्ने काँग्रेस नेतृत्वको सरकार गठबन्धन बनाएर पनि एमालेसँग चुनाव लड्न त्रसित छ ।’

उपाध्यक्ष नेम्वाङले सरकारले लोकतान्त्रिक विधि र प्रक्रियालाई समेत लत्याएको आरोप लगाए । निर्वाचनमा गएपछि जनताले आफ्नो पार्टीको पक्षमा मतदान गर्ने उनले विश्वास समेत व्यक्त गरे । 





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १७:३९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया