पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका दुई सयजना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ सय ३७ जनाको परीक्षण गर्दा दुई सयजनामा संक्रमण पुष्टि भएको हो ।
१३ सय ८१ जनाको पिसिआर गर्दा ९२ जनामा तथा २१ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा दुई संक्रमितको निधन भएको छ । ३ सय ३९ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा २ लाख ९७ हजार १ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ४२ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।