चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न सरकार तयार छ : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न सरकार तयार रहेको बताएका छन् । 

शनिबार काठमाडौंमा भएको नेपाल चलचित्र निर्माता संघको १६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न छलफलका कार्यक्रम अघि बढाउनुपर्ने बताउँदै मन्त्री कार्कीले चलचित्र क्षेत्रमा लामो अनुभव बटुलेका कलाकारको सुझाबका आधारमा नै चलचित्र उद्योगको समस्या समाधान गर्न सकिने बताए । 

चलचित्र क्षेत्रलाई थप समृद्ध बनाउन सरकार सदैव तत्पर रहेको उनले बताए । 
 





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १७:४९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया