युनियन बर्लिनसँग बराबरीमा रोकियो बायर्न

बायर्न म्युनिखले जर्मन बुन्डेस लिगाअन्तर्गत आज सम्पन्न खेलमा घरेलु टोली युनियन बर्लिनसँग १–१ को बराबरी खेलेको छ  ।

स्टेडियोन एन–डर एल्टेन फोर्सटेरेइमा सुरूवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली अंक बाँड्न बाध्य बन्यो ।

खेलको १२औँ मिनेटमा सेराल्डो बेकरले गोल गर्दै युनियन बर्लिनलाई सुरूवाती अग्रता दिलाएका थिए ।

बर्लिनको यो अग्रता लामो समयसम्म भने टिकेन । गोल खाएको ३ मिनेटपछि नै जोसुवा किमिचले बायर्नलाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा टुंगियो ।

यो नतिजासँगै ५ खेलमा ११ अंक जोडेको बायर्न तेस्रो स्थानमा रहँदा युनियन बर्लिन समान खेलबाट समान १ अंकका साथ चौथो स्थानमा छ ।



लिगअन्तर्गतकै अन्य खेलमा एससी फ्रेइबर्गले बायर लिभरकुसेनलाई ३–२, कोल्नले उल्भ्सबर्गलाई ४–२ र वेर्डरले बोचुमलाई २–० ले पराजित गर्दा साल्केले स्टुटगार्टसँग १–१ को बराबरी खेल्यो ।



  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार २१:३७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया