देउवाको गृहजिल्लामा पुगेर एमाले महासचिवले भने : निर्वाचनपछि एमालेको सरकार बन्छ

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मंसिर ४ गते हुने निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । शनिबार डडेल्धुरामा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले बलियो राजनीतिक शक्तिबिना मुलुकले स्थायित्व प्राप्त गर्न नसक्ने र विकासले गति नलिने बताए । त्यो शक्ति एमाले भएको दाबी गर्दै उनले पाँच दलीय गठबन्धन लेनदेन र स्वार्थको सम्झौता भएको आरोप लगाए । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँंग कालापानी र लिम्पियाधुरा तत्काल छोड्न भनेपछि चौतर्फी रुपमा एमाले नेतृत्वको सरकारविरुद्ध घेराबन्दी भएको उनले बताए । निर्वाचनपछि बन्ने एमालेको सरकारले नेपाली भूमि फिर्ता लिने उनको भनाइ छ । 

कार्यक्रममा पार्टीका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले आगामी निर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धा गर्ने गरी अघि बढिरहेकाले सबै नेता कार्यकर्ताहरू एकताका साथ निर्वाचनमा लाग्न आग्रह गरे ।





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार २१:५८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया