इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा घरेलु टोली चेल्सीले जित हात पारेको छ । उसले स्टामफोर्ड ब्रिजमा वेस्टह्याम युनाइटेडविरुद्व २–१ को जित हात पारेको हो ।
सुरूवाती अग्रता जोगाउन नसक्दा पाहुना टोली स्तब्ध बन्न पुग्यो । खेलको ६२औँ मिनेटमा माइकल एन्टोनियोको गोलमार्फत वेस्टह्यामले अग्रता लिएको थियो ।
७६औँ मिनेटमा बेन चिलवेलले चेल्सीलाई १–१ को बराबरीमा ल्याए । ८८औँ मिनेटमा काइ हाभर्टेजले घरेलु टोलीलाई २–१ ले अघि बढाए ।
८०औँ मिनेटमा वेस्ह्यामका फिलिपे कौटिन्होले गोल गरे पनि भिएआरमा फउल देखिएपछि त्यसले मान्यता नपाउँदा चेल्सीले २–१ को रोमाञ्चक पुनरागमन जित निकाल्यो ।
जितसँगै ६ खेलमा १० अंक जोडेको चेल्सी पाँचौँ स्थानमा रहँदा पराजित वेस्टह्याम समान खेलबाट ४ अंकका साथ १७औँ स्थानमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा टोटेनहमले फुलहमलाई २–१, बर्नमाउथले नटिंघम फरेस्टलाई ३–२, ब्रेन्टफोर्डले लिड्स युनाइटेडलाई ५–२ र उल्भ्सले साउथह्यामटनलाई १–० ले पराजित गरेका छन् ।
त्यस्तै, लिभरपुलले एभर्टन तथा न्युकासल युनाइटेडले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेले ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।