एसिया कपमा अफगानिस्तानविरुद्ध श्रीलंका विजयी
फरकधार / १९ भदौ, २०७९

श्रीलंकाले एसिया कपको सुपर फोरको पहिलो खेलमा अफगानिस्तानलाई हराएको छ । गएराति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको हो ।



१७६ रनको लक्ष्य श्रीलंकाले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्टायो । उसका कुशल मेन्डिसले ३६, पाथुम निशनकाले ३५, दनुश्का गुणाथिलाकाले ३३, भानुका राजापाक्षेले ३१ रन बनाए । वानिन्दु हसरंगाले अविजित १६ तथा कप्तान दासुन शानकाले १० रन बनाए ।

अफगानिस्तानका लागि मुजीबउर रहमान र नवी–उल–हकले दुई/दुई, कप्तान मोहम्मद नाबी र राशिद खानले एक/एक विकेट लिए । त्यसअघि शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो ।



उसका लागि रहमानुल्लाह गुर्बाजले ८४ रनको उत्कृष्ट पारी खेले । उनले ४५ बलमा ६ छक्का र ४ चौका प्रहार गरे । इब्राहिम जाद्रनले ४० तथा नजिबुल्लाह जाद्रनले १७, हजरतुल्लाह जाजाईले १२ रन जाडे ।



श्रीलंकाका लागि दिलसन मधुशनकाले दुई, असिथा फर्नान्डो, महेश थिक्क्षणाले एक/एक विकेट लिए । श्रीलंकालाई दुई विकेट रन आउटको रूपमा प्राप्त भयो । 

  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार ६:४४:१९,   अन्तिम अपडेट : भदौ १९, २०७९ आइतबार ६:४७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया