ला लिगामा रियल मड्रिडको लगातार चौथो जित
फरकधार / १९ भदौ, २०७९

स्पेनिस ला लिगामा साबिक विजेता रियल मड्रिडले लगातार चौथो जित निकालेको छ । घरेलु टोली रियलले गएरातिको खेलमा रियल बेटिसलाई २–१ ले हराउँदै लगातार चौथो जित निकालेको हो ।



सान्टियागो बर्नाबेउमा भएको खेदमा रियललाई जित दिलाउन भिनिसीयस जुनियर र रोड्रिगोले एक/एक गोल गरे । बेटिसका सेर्जियो कानालेसले एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा जुनियरले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा सेर्जियोले बेटिसलाई १–१ को बराबरीमा ल्याए ।



६५ औं मिनेटमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई २–१ को रोमाञ्चक जित दिलाए । जितसँगै ४ खेलमा १२ अंक जोडेको रियल शीर्ष स्थानमा रहँदा पहिलो पराजय बेहोरेको बेटिस समान खेलमा ९ अंकका साथ तेस्रो स्थानमा छ ।



लिगअन्तर्गतकै अन्य खेलमा बार्सिलोनले सेभिया तथा सेल्टा भिगोले कार्डिजलाई समान ३–० ले पराजित गरे । त्यस्तै, एथलेटिको मड्रिडले रियल सोसिडाडा तथा मालोर्काले जिरोनासँग १–१ को बराबरी खेले ।  

  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार ७:७:३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया