निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो ।
बिहीबार बसेको समितिको बैठक २ घण्टा मात्र चलेको थियो । समितिका सदस्यको कार्यव्यस्तताको कारण २ घण्टा बसेर सकिएको थियो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर विष्टले जबरालाई सोधिने प्रश्नहरू बाँकी रहेकाले आज पुनः बयान हुने जानकारी दिए ।
बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि जबराले दुई दिनमा ६ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । प्रश्नहरू लामो भएकाले समय लागेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।