\
फ्रेन्च लिग वानअन्तर्गत गएरातिको खेलमा पिएसजी विजयी भएको छ । ऊ घरेलु टोली नान्टेसविरुद्ध ३–० ले विजयी भएको हो ।
स्टेड डे–ला बेउजोइरेमा भएको खेलमा पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई तथा नुनो मेण्डिसले एक गोल गरे । खेलको १८ औं मिनेटमा एम्बाप्पेको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो ।
२४ औं मिनेटमा फाबियोले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि नान्टेस १० खेलाडीमा सीमित भयो । ५४ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे ।
६८ औं मिनेटमा मेण्डिसले गोल गरेपछि पिएसजीले ३–० को सहज जित निकाल्यो । जितसँगै ६ खेलमा १६ अंक जोडेको पिएसजी शीर्ष स्थानमा रहँदा पराजित नान्टेस समान खेलबाट ६ अंकका साथ १० औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।