टिकटकर तान्या परदाजीको मृत्यु

‘मिस क्यानडा’ को सेमिफाइनलिस्ट भइसकेकी २१ वर्षीया टिकटकर तान्या परदाजीको स्काइडाइभिङका क्रममा मृत्यु भएको छ । 

समाचारअनुसार उनी सोलो स्काइडाइब गरेकी थिइन । त्यहीबेला उनको प्यारासुट खुलेन र त्यहाँबाट झर्दा उनको मृत्यु भयो । उनको ट्विटर प्रोफाइलमा करिब ९५ दशमलव ४ हजार र टिकटकमा एक लाखभन्दा बढी फलोअर्स थिए ।

फिलोसोफीकी छात्रा तान्या एक विश्वविद्यालयमा अध्ययनरत थिइन् । सन् २०१७ मा ‘मिस क्यानडा’ सौन्दर्य प्रतियोगितामा भाग लिएकी उनी सेमिफाइनलिस्ट बनेकी थिइन् । आफ्नो टिकटक एकाउण्टमा उनी साइकोलोजी, एलियन र इतिहासका बारेमा कुरा गर्थिन् ।

तान्या २७ अगष्टमा सोलो स्काइडाइभका लागि गएकी थिइन् । स्काइडाइभमा प्यारासुट सही समय नखुलेको र खुले पनि प्यारासुटमा हावा नभरिएकाले उनी सिधा जमिनमा खसेकी थिइन् । उनलाई अस्तपालमा भर्ना गरिए पनि डाक्टरले बचाउन सकेनन् । 





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १०:३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया