नेपालकी रशिला तामाङले स्विट्जरल्याण्डमा भएको युटिएमआर मोन्टे रोजा ट्रेल रेसको उपाधि जितेकी छन् । उनले अल्ट्रा १०० रेसअन्तर्गत महिलातर्फको उपाधि जितेकी हुन् ।
युरोपको अल्ट्रा टुरअन्तर्गत युटिएमआर मोन्टे रोजा उत्कृष्ट रेस मानिन्छ । धादिङकी रशिलाले १८ घण्टा ५८ मिनेट २८ सेकेण्डमा पूरा गर्दै उपाधि जितिन् ।
पहिलोपटक युरोपको अल्ट्रा रेसमा सहभागिता जनाएकी रशिलाले पहिलो सहभागितामै उपाधि जितेकी हुन् । चेक रिपब्लिककी मेर्टोभा २० घण्टा २४ मिनेट १० सेकेण्डको समयसहित दोस्रो भइन् ।
यस्तै, नेपालकी अनिता राई तेस्रो भइन् । भोजपुरकी अनिताले २० घण्टा २४ मिनेट १८ सेकेन्डमा दौड पूरा गरिन् । पुरुषतर्फ नेपालका भीमबहादुर गुरुङ दोस्रो भए । गोरखाका उनले १६ घण्टा २९ मिनेट २९ सेकेण्डको समय निकाले ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।