एसिया कपमा भारतविरुद्ध बदला लिने दाउमा पाकिस्तान

यूएईमा जारी एसिया कप टी–२० क्रिकेटमा आज एक खेल हुँदैछ । सुपर फोरअन्तर्गत आज हुने खेलमा समूह ‘ए’ को विजेता भारतले र सोही समूहको उपविजेता पाकिस्तानको सामना गर्नेछ । 

पाकिस्तान र भारतबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार राति पौने ८ मा सुरु हुनेछ । सात पटकको विजेता भारत आज जित हात पार्दै सुपर फोरको यात्रालाई सुखद बनाउन चाहन्छ । दुईपटकको विजेता पाकिस्तान पनि जितका साथ सुपर फोरको यात्रा सुरु गर्ने सोचमा छ । 

एसिया कपको इतिहासलाई हेर्ने हो भने भारत पाकिस्तानविरुद्ध हाबी देखिन्छ । यो प्रतियोगितामा हालसम्म यी दुई टोलीले १५ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा १३ एकदिवसीय र दुई टी–२० अन्तर्राष्ट्रिय खेल सामेल छन् ।

एसिया कपमा भारतले ९ तथा पाकिस्तानले ५ खेल जित्दा एक खेल बिना नतिजा टुंगिएको छ । यी दुई टोलीले १९८४ को एकदिवसीय एसिया कपमा पहिलोपटक एकअर्काको सामना गरेका थिए । यो खेलमा भारत ५४ रनले विजयी भएको थिए । 

भारत र पाकिस्तान पछिल्लोपटक टी–२० शैलाीमा जारी यही एसिया कपको समूह चरणमा एकअर्काविरुद्ध भिडेका थिए । यो खेल भारत ५ विकेटले आफ्नो पक्षमा पारेको थियो । 

पाकिस्तानले २०१४ को एसिया कपमा एक विकेटको जित हात पारे यता भारतलाई हराउन सकेको छैन । उसले त्यसयता भएका चारै खेलमा पराजय बेहोरेको छ ।   





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार ११:४३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया