कांग्रेस बझाङले सिफारिस गर्‍यो आसन्न चुनावका लागि उम्मेदवारको नाम

नेपाली कांग्रेस बझाङले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । कांग्रेस बझाङले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य अर्जुनजंग बहादुर सिंहको नाम एक नम्बरमा सिफारिस गरेको छ ।

त्यस्तै चन्दादेवी जोशी, डा.सुरेश मल्ल, दलबहादुर विष्ट (कृष्ण), पृथ्वीबहादुर सिंह, प्रकाश रसाइली स्नेही, रमेशबहादुर भण्डारी र सत्यराज भण्डारी गरी आठ जनाको नेताको नाम सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समिति बझाङका प्रवक्ता रमानन्द जोशीले बताए ।

त्यसैगरी समानुपातिक तर्फ पुरुष खसआर्य तथा पिछडिएको क्षेत्रबाट केशवराज जोशी, जगतप्रसाद जोशी, दिपेन्द्रराज जोशी, नन्दकृष्ण जोशी, नरेशबहादुर सिंह, मोतिलाल उपाध्याय, सिद्धराज जोशी र सत्यराज भण्डारी, महिलातर्फ देवीकुमारी सेटी, दलिततर्फ दिवशचन्द स्नेही, जनजाती महिलातर्फ शारदा तामाङको नाम एकल सिफारिस भएको छ ।

प्रदेश सभातर्फ नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र प्रदेश (क) बाट पनि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । प्रदेश सभा निर्वाचन क्षेत्र नं.(क) बाट प्रत्यक्षतर्फ कांग्रेस महासमिती सदस्य जगत प्रसाद जोशीको नाम एक नम्बरमा सिफारिस गरिएको छ । त्यसपछि नेताहरू धुर्वराज उपाध्याय, नन्दकृष्ण जोशी, नारायण हमाल, पृथ्वीबहादुर सिंह, लोकेन्द्रबहादुर रोकाया, विष्णुबहादुर सिंह (जगत) र हर्कजंङबहादुर सिंह गरी ८ जनाको नाम रहेको छ ।

प्रदेश निर्वाचन क्षेत्र (क)खमा पुरूष समानुपातिकतर्फ खडक बहादुर बोहरा, दानबहादुर सुर्मेली, धुर्वराज उपाध्याय, भक्तराज जोशी, राजेन्द्रबहादुर खड्का, बर्कबहादुर रोकाया र विष्णु ऐडी गरी सात जनाको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी, महिलातर्फ कल्पना बोहरा, गोकुलदेवी सिंह, जयन्तीकुमारी जोशी, धिराकुमारी खत्री, देवी सेटी, प्रभालक्ष्मी बजाल, शान्तिकुमारी बोहरा पुजारा, समितादेवी बोहरा पुजारा र सुनिता विष्ट गरी ९ जनाको नाम सिफारिस गरिएको छ । अपाङ्गतातर्फ मुकेश धामीको नाम एकल सिफारिस गरिएको छ । दलिततर्फ कलक विक, गोविन्द दमाई (नेपाली), मंगल सुनार, साधना विसी, सिद सार्की र सुनिल दमाई गरी ६ जनाको नाम सिफारिस गरिएको छ ।



प्रदेश सभा निर्वाचन क्षेत्र नं. (ख)मा प्रत्यक्षतर्फ महादिवेशन प्रतिनिधी इश्वर बहादुर मल्ल, कटक जप्रेल, चित्र मल्ल, देवराज शर्मा, मानबहादुर कडायत, रमेशबहादुर भण्डारी, रविप्रकाश सिंह र बाबु सिंह गरी ८ जनाको नाम रहेको छ ।

त्यस्तै, प्रदेश निर्वाचन क्षेत्र (ख)मा समानुपातिकतर्फ पुरुषमा इश्वरबहादुर मल्ल, कवि गिरी, केशवराज जोशी, गुणकरप्रसाद जोशी, दिर्घराज जोशी, मानबहादुर कडायत, रमेशबहादुर भण्डारी र सुर्यप्रकाश जोशी गरी ८ जनाको नाम सिफारिस गरिएको छ । 



महिलातर्फ कुमारी अवस्थी, महेश्वरी जोशी, मिना रावल र शान्तिकुमारी महतको नाम सिफारिस गरिएको छ । दलिततर्फ निर्मला विक र मन्जित ताम्राकारको नाम सिफारिस गरिएको छ । जनजातीतर्फ शोभा थिङको नाम एकल सिफारिस गरिएको नेपाली कांग्रेस बझाङले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १२:२५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया