नवौं राष्ट्रिय खेलकुदका लागि ज्ञानेन्द्रको कप्तानीमा बागमतीको टोली घोषणा

बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदका लागि क्रिकेट टोलीको घोषणा गरेको छ । बागमतीले आइतबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

त्यस्तै, उपकप्तानको जिम्मेवारी विकेटकिपर सुवास खकुरेललाई दिइएको छ । नवौं राष्ट्रिय खेलकुद २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशमा आयोजना हुने भए पनि पुरुष क्रिकेट प्रतियोगिता भने २३ भदौबाट काठमाडौंमा सुरु हुँदैछ ।

नवौं राष्ट्रिय खेलकुद र नेपाल टी–२० लिग एकै समयमा हुने भएकाले पुरुष क्रिकेट गर्न लागिएको हो ।

बागमतीको टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), सुवास खकुरेल (विकेटकिपर तथा उपकप्तान), रित गौतम, इशान पाण्डे, शुभ कंसाकार, विपिन आचार्य, नन्दन यादव, प्रतिश जिसी, रामनरेश गिरी, सुवास खत्री, सूर्य तामाङ, तिलकराज भण्डारी, दीपेश श्रेष्ठ र सुमन सुनुवार ।

वैकल्पिक खेलाडी : रिजन ढकाल, तक्षक सिम्खडा, गौरव खड्का (विकेटकिपर) र कृजन गुरुङ ।





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १२:३५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया