टी-२० अन्तर्राष्ट्रिबाट संन्यास लिने मुस्फिकुर रहिमको घोषणा

बंगलादेशी क्रिकेट टोलीका पूर्वकप्तान तथा विकेटकिपर मुस्फिकुर रहिमले टी–२० अन्तर्राष्ट्रियबाट संन्यास लिने घोषणा गरेका छन् । उनले आइतबार एकदिवसीय र टेस्टमा केन्द्रित हुने भन्दै टी–२० बाट विश्राम लिने घोषणा गरेका हुन् ।

रहिमले बंगलादेशका लागि १०२ टी–२० अन्तर्राष्ट्रिय खेलमा ७ अर्धशतकसहित १५०० रन बनाए । ७२ रन बनाउनु उनको यो प्रारूपमा उत्कृष्ट प्रदर्शन हो । टी–२० अन्तर्राष्ट्रियमा रहिमको औसत १९.२३ तथा स्ट्राइक रेट १४४.९४ रह्यो ।

उनले सन् २००६ मा जिम्मबाब्वेविरुद्धको खेलमार्फत टी–२० अन्तर्राष्ट्रिय करिअरको सुरुवात गरेका थिए । रहिमले हाल यूएईमा जारी एसिया कपमा श्रीलंकाविरुद्ध करिअरको अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल खेले ।

समूह‘बी’ मा रहेको बंगलादेश अफगानिस्ता र श्रीलंकासँग पराजित हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिएको थियो । रहिमको कप्तानीमा बंगलादेशले तीनवटै प्रारुपमा गरि कुल ३४ खेल खेल्दा ७ जित १८ हार र ९ बराबरीको नतिजा निकालेको थियो ।





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १३:६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया